१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुढीगंगाले चिरेको बाजुरा : मन पनि चिरेरै लग्यो



बाजुरा जिल्लाको चार वटा स्थानीय तह बुढीगंगा, त्रिवेणी बढीमालिका नगरपालिका र गौमुल अप्तड छेडेदह गाउँपालिकाका बीच भागबाट बग्छ बुढीगंगा नदी । बुढीगंगाको मुहान बाजुरा जिल्लाकै गौमुल गाउँपालिकाको विकट ठाउँ दहकोटको अन्राडी लेकमा रहेको छ ।
नदीको दृश्य निकै मनमोहक देखिन्छ । बुढीगंगा नदीको मुहानबाट केही तल स–साना खहरे खोला मिसिने गरेका छन । ति खहरे खोलाहरु हिउँदमा सुख्खा हुन्छन् भने वर्षातमा निकै गडगडाहटका साथ बग्ने गर्छन् ।

बुढीगंगा नदी बाजुरा जिल्लाको छिमेकी जिल्ला अछाम हुँदै डोटी जिल्लाको लोडे पुगेर सेती नदीमा मिसिन्छ । त्यहाँबाट अछाम, कैलाली र सुर्खेत जिल्लाको केही भु भागलाई समेटेर कर्णाली नदीमा मिसिएको छ ।

 

बाजुराको दुःख

बुढी गंगा नदीले पहिलोपल्ट २०५६ सालमा साउन १९ गते आएको बढि पहिरोले बुढीगंगा नगरपालिकाको सेरा जिउला त्रिवेणी नगरपालिका ८ मा रहेको मौरे सिव जि को धम समेत बगाएको थियो भने एक जना बेपत्ता भएका थिए । सेरा जिउलो बगाएपछि त्यस क्षेत्रमा बसोबास गर्ने सयौ परिवारको विचली भएको थियो । पुरै सेरा जिउला बगरमा परिणत भएपछि त्यस ठाउँ आसपास बसोवास गर्ने सयौ परिवारको बिचली भएको बताउँछन् स्थानीयबासी तथा बरिस्ठ देउडा गायक लाल बहादुर थापा ।

बढीगंगा नदीले चार दर्जन भन्दा बढी झुलोलंगे पुल बगाउनुका साथै साफे–मार्तडी सडकखण्ड अन्तरर्गत पर्ने सेरामा रहेको १५ किलोमिटर सडक समेत बगाएको छ । पहिरोले त्रिवेणी बढीगंगा मार्तडी लगायतका क्षेत्रमा घर जग्गाबगाएर क्षति गरेको जिल्ला प्रशासन कार्यलयको एक तथ्यांकले देखाएको छ ।

जिल्ला प्रशसन कार्यालय बाजुराको तथ्यांक अनुसार त्यसबेला बढीगंगा नदीबाट विस्थपित भएका सयौ घरपरिवारको अहिलेसम्म उचित बेवस्थापन हुन सक्यको छैनन । २०५६ सालमा आएको बढीगंगा नदीले २५ हेक्टर भन्दा बढि सेरा जिउला बगाएको थियो ।

२० वर्षपछि झन ताण्डव
२०७६ साउन २५ गते राति आएको बढिपहिरोले गौमुल गाउँपालिका कार्यलय सम्मेत रहेको घटमुनामा बजार बगाएको थियो । त्यस ठाउँमा रहेको बजार विस्तापित भएको छ ।

बडिमालिका नगरपालिका वडा ८, २, र रिला लगायतका केही भाग उच्चजोखिममा रहेका छन् । रिला, घाघर, जडाङगा, चौराटा, रापकामा बसोबास गर्दै आएका सयौ परिवारको घर जग्गा बगाएको छ । बढीगंगा नदीले साफेँ–मार्तडी सडकखण्ड अन्तरगत पर्ने जडाङ्गमा रहेको बेलिव्रिज पुलसँगै निमार्ण हुन लागेको पक्की पुल समेत बगाएको छ । रापका घाघर झोलुंगे पुल भत्काएपछि मार्तडी–साफेँ यातायात गर्न निकै जोखिम भएको छ । करोडौं खर्च गरेर तत्काल सडक डिभिजन कार्यलयको पहलमा जडाङ्ग नदीमा बेलिव्रज पुल निमार्ण भएको छ भने घाघर रापको भोलुंगे पुल भने निमार्ण हुन नसक्दा स्थानीयबासिन्दालाई आवतजावत गर्न निकै कठिन भएको वडा नम्बर २ का अध्यक्ष डम्मर महत बताउँछन् । साउन २५ गते राति आएको बाढी पहिरोले आफनो घर बगाउनुका साथै घरमा आफ्नी आमा ६५ वर्षीय अन्सेनी महत समेत बेपता बनाएको उनले बताए ।

त्यस्तै घाघरमा विस्तापित भएकी सुनिता महतले भने आफुहरु पहिरोले विस्तापित भएको ८ महिना बितिसक्दा समेत राज्यले कुनै सुनाइ नगरेको गुनासो गर्छिन् । महतले भने आफुहरु लगाएका २५ परिवार विस्तापित भएको तर सबै परिवार अरुको घरमा बस्तै आएको बताए । ५० वषीय महतले रुदै भन्छन्, ‘बुढीगंगा नदीले आफनो जग्गाजमिन छ चिरेको थियो । तर यो वर्ष भने घर नदीले बगाएर पछि जंगलमा बस्नु पर्ने बाध्यता छ । नदीले जग्गाजमिन मात्र चिरेन आफनो मन पनि चिरेरको भन्दै उनी दुःख पोख्छन् ।

घाघर र रिलामा एक हजार भन्दा बढि परिवार विस्थापित भएका छन । बाँकी घर पहिरो उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । बुढीगंगा नगरपालिका उच्च जोखिममा रहेको बढीगंगा नगरपालिका अम्कोटोका एक सय ३५ परिवार पुर्णरूपमा विस्तापित भएका छन । उनीहरूको बस्ती तलबाट बढीगंगा नदी बगिरहेका कारण नदीले बस्तीको तल किनारा बगाउँदै गएपछि अम्कोट बस्ति उच्च जोखिमा रहेको छ ।

अम्कोट बस्तिको तल बुढीगंगा नदी बगिरहेको छ भने पारिबाट त्रिवेणी नगरपालिका–९ पैमामा झण्डै नौ वर्षदेखि लगातार बगिरहेको पहिरोले बढीगंगा नदी थुनिन लागेको छ । जसका कारण अम्कोट बस्ति पहिरोको झन उच्च जोखिमा परेको स्थानीय कासीराम पाध्याय बताउँछन् । पाध्यायका अनुसार केही वर्ष यता पहिरो आउन थालेपछि अम्कोटका सयौ परिवार घर छोडेर अन्य ठाउँमा विस्थापित भएका छन् ।

अम्कोट, ताप्रिसेरा, बलदे, भलेना, बेलकाट्य, त्रिवेणी नगरपालिका कालापानी, ढडाली, पन्ताली, मलालगाउँ, मौरे धाम लगायतका केही बस्ती पुर्णरूपमा नदीले बगाएको छ । केहि बस्ति उच्च जोखिममा छन् ।

त्यसो त, बढीगंगा नदीले वर्षमा दुई तीन जना मानिसलाई बगाउँछ । यसवर्ष मात्रै अम्कोट पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ, दुई जना घाईते भएका छन् भने ताप्रिसेराको पक्की पुल बगाउँदा यातायात संचालनमा निकै जोखिम रहेको छ ।

बाजुरा जिल्लाका पाँच वटा स्थानीय तह पुर्ण जोखिमा रहनुको कारण बढीगंगा नदी नै रहेको बढीगंगा नगरपालिका पुर्व गाविस अध्यक्ष चन्द्र थापा बताउँछन् ।

 

सडक पुर्ण जोखिममा
साफेँ–मार्तडी सडकखण्ड अन्तरगत रहेको सेरा अम्कोट हुँदै बडिमालिका नगरपालिका जडाङगा सम्मको १८ किलोमिटर सडक साउन २५ गते आएको बाढि पहिरोले पुर्णरूपमा क्षति गरेको छ । साफेँ मार्तडी सड खण्ड दुई वर्ष पहिले नै कालो पत्रे भई सकेको थियो । तर त्रिवेणी नगरपालिका वडा ९ पैम्माको पहिरो निरन्तर बगी रहदा पहिरोले नदी थुनिएपछि साफेँ–मार्तडी सडकखण्ड पर्ने अम्मकोटमा पहिरो जान थालेको सडक डिभिजन कार्यलय अछाम प्रमुख ललित खनालले बताए ।

 

नदीले गर्दा बाजुरा जिल्ला क्षतविक्षत भएको छ । नदीले सयौं घरपरिवारको वस्ति समेत विच्छेद गरेको छ । बढीगंगा नदीले बगाएर एक छोरा गुमाएकी विमला थापा भन्छिन् नदीले मन पनि चिरेर लग्यो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ०१ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान