२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

केपी ओलीको ओंठतालु सुकिसक्यो, संविधान हेरेर फैसला आए संसद पुनर्स्थापना हुन्छ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ओली पक्षका अधिवक्ताहरुको न्यायाधीसहरुको प्रस्नबाटै ओँठतालु सुकेको बताएका छन् । शनिबार गृहजिल्ला तनहुँमा आयोजित शुभेच्छुक संस्थाको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले पछिल्लो समय प्रधानमन्त्री ओलीको पनि ओठ तालु सुकिसकेको बताए ।

नेता पौडेलले संविधान हेरेर निर्णय गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिने दावी गर्दै मनमोहन अधिकारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिएको र अहिले पनि संविधान हेरेर र पढेर अगाडि बढे प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी गरे ।

उनले असंवैधानिक प्रतिनिधिसभा विघटनलाई संवैधानिक बनाउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए।

‘मैले हिजो प्रधानमन्त्री केपी ओलीको भाषण पनि सुने, तिनको पनि ओठतालु सुकेको छ, हिजो मेले अदालतको बहस हेरेँ, त्यहाँ पनि ओलीका वकिलहरुको ओठतालु सुकेको छ’, पौडेलले भने, ‘प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ भन्ने कुरा बलियो भएर आएको छ।’

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ५५ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट