१३ मंसिर २०७९, मंगलबार | November 29, 2022

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ



कास्की । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका-७ घर भई हाल पोखरा महानगरपालिका-३३ बस्दै आएका ५० वर्षीय गमबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई श्रीमती हत्याको अभियोगमा पक्राउ गरेको हो । पुनले ४२ वर्षीया श्रीमती हरिमायाको बन्चरो प्रहार गरी हत्या गरेको अनुशन्धानबाट खुलेको छ ।

हरिमाया शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई शुक्रबार पोखरा महानगरपालिका-३३, लामगादीबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।

खाना नबनाएको विषयमा एकापसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

उनीउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले शनिबार जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ०७ बजे

अब मंकीपक्स हैन, ‘एमपक्स” : डब्लूएचओ

न्युयोर्क । मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व

झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

बागलुङ। बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो

उदयपुर-१ अपडेट : १०० मतपत्र बदर गरेर गणना सुचारु

उदयपुर । त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाट मतगणना केन्द्रमा स्थगित

सुशासन र विकासबाट भ्रम छर्ने प्रवृतिको अन्त्य गर्छौ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन

कडा प्रतिस्पर्धाका बीच धनुषा–४ बाट एमाले सचिव रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका