१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, बैठक सुचारुहुनेमा भने आशंका



विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ । नेकपाका दुई पक्षको बिभिन्न दाउपेच र रणनीति सहित आज बस्नलागेको बैठक सुचारु हुने सम्भावना भने निकै कम देखिएको छ । गत माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

नेकपा प्रचण्ड-नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको र ओली पक्षबाट अविश्वासको प्रस्तावकहरु सहित १६ जनालाई कारवाही गरेको अवस्थामा बस्न लागेको बैठक सहजरुपमा संचालन हुने अवस्था छैन । सभामुख प्रदीपकुमार भण्डारीले आज (आइतबार) बिहान ११ बजे प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा बैठक संचालन सम्बन्धि कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड-नेपाल पक्षका भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । ओली पक्षले निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने र बैठकमा प्रवेश गरिहाले भने बैठक सञ्चालन हुन नदिने तयारी गरेको छ ।

संसदीयदलका नेताले कानुन बमोजिम सांसदहरुलाई निलम्बन गरेकाले निलम्बित सांसदहरु सभामा भाग लिन नपाउने ओली पक्षले तर्क गर्दै आएको छ । तर प्रचण्ड-नेपाल पक्षका सांसदहरुले भने पहिलो बैठकमा भाग लिईसकेपछि अर्को बैठकमा भाग लिन पाईंदैन भन्नुको अर्थ नहुने बताएका छन् । पहिलो बैठकमा प्रवेश गरेर ब्रैठकमा सभासदका हैसियतले भाग लिईसकेपछि कारबाहीको च्याप्टर क्लोज भएको प्रचण्ड-नेपाल पक्षका सांसद ईन्द्र आङ्बोले बताए ।

प्रमुख बिपक्षी नेपाली कांग्रेसको ग्रीन सिग्नल पाएका प्रचण्ड-नेपाल पक्षका सांसदहरु आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने पक्षमा उभिएका छन् । सांसद आङबोले रिटपूर्वक आएको अविश्वासको प्रस्तावलाई आज टेवल गर्न दिनुपर्ने बताएका छन् ।

पछिल्लो समय मौन बसेको बिपक्षी नेपाली कांग्रेसले अविश्वासको पक्षमा उभिने संकेत गरेपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरु केहि उत्साहित देखिएका छन् । तर ओली पक्षका सांसदहरु भने कुनैपनि बहानामा बैठक लम्ब्याउने पक्षमा देखिएको छ । ओली पक्षले पार्टी औपचारीकरुपमा विभाजन नभएको तर्क गर्दै पार्टीको विभाजनले औपचारीकता पाएपछिमात्र अविश्वासको प्रस्ताव उपर छलफल गर्न पर्ने अडान लिएको छ ।

प्रदेशसभा पहिलो बैठकमा सभामुख भण्डारी र मुख्यमन्त्री राईबीच छलफल गरेर अर्को बैठक बस्ने सहमति गर्दै प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र पढेर बैठक स्थगित भएको थियो । पहिलो बैठकमा मुख्यमन्त्री राईले निलम्बन गरेको भनिएका प्रचण्ड(नेपाल पक्षका १६ सांसदहरुको पनि उपस्थिती रहेको थियो ।

गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले