८ चैत्र २०८२, आइतबार | March 22, 2026

आजबाट सरकारी वकिललाई बहसगर्न १५ मिनटमात्र



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न शुक्रबार सम्म असिमित समय पाएका सरकार पक्षका अधिवक्ताहरुलाई आइतबारदेखि भने १५ मिनेट समय दिइएको छ ।

शुक्रबार सम्म रमाईलो सवाल-जवाफ गरिरहेका संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारको इजलासको सुरुमै सरकारी अधिवक्तालाई १५ मिनेट समय निर्धारण गरिएको सुनाएका थिए ।

शुक्रबारसम्म रिट निबेदनकम बिपक्षी सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । शुक्रबार सम्ममा सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरिसकेका छन् ।

संसद विघटनको पक्षमा बहस गर्न अव सरकारी वकिलहरु नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताद्वय श्याम भट्टराई, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनी बाँकी छन् । त्यसबाहेक प्रधानमन्त्रीको पक्षमा बहस गर्न नाम दर्ता गरेका १ सय बढी निजी कानुन व्यवसायीको पालो आउन बाँकी छ ।

सरकारपक्षको बहस सकिएपछि अर्का विपक्षी सभामुखका वकिलहरुले बहस गर्ने छन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : १८ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा