३ भदौ २०८३, बुधबार | August 19, 2026

सरकारी पक्षको दाबी रिट : निवेदकको दाबी प्रथम दृष्टिमै अमान्य (बहस नोटमा के छ ?)



काठमाडौं । संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतमा सरकार पक्षबाट महान्यायाधिवक्ताको कार्यालयबाट बहसनोट बुझाईएको छ । राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगको समेतको गरि महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ सरकारी वकिलले सर्वोच्चमा बहसनोट बुझाएका हुन्।

रिट निवेदकको तर्फबाट १४६ सांसदहरु समेत रिट निवेदक कानुन व्यवसायीहरुले बिहीबार नै बहस नोट बुझाएका हुन् । सभामुखको तर्फबाट भने छुट्टै बहसनोट बुझाइएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बुझाइएको बहसनोटमा देउवासहितको रिट निवेदन खारेज हुनुपर्ने माग गर्दै मागबमोजिम आदेश जारी गर्न नमिल्ने जिकिर गरिएको छ।

रिट निवेदक १४६ जना भनी उल्लेख गर्न नमिल्ने, एउटै दलका सांसदहरु सत्तापक्ष र प्रतिपक्ष दुवै हुन नसक्ने, सनाखतको कागज कानुनले र संविधानले नचिन्ने, रिट निवेदकको प्रधानमन्त्री बनाइपाऊँ भन्ने दाबीसाथ संलग्न लिखितहरु प्रथमदृष्टिमै अमान्य रहेको सरकार पक्षको नोटमा उल्लेख गरिएको छ । त्यस्तै नीतिहीन गठबन्धनबाट संकलित हस्ताक्षरलाई आधार लिई दायर निवेदनलाई सफा नियतले दायर भएको मान्न नमिल्ने र दूषित दाबी कार्यान्वयनको मागदाबी भएकोले रिट खारेज हुनुपर्ने दाबी सरकार पक्षको छ।

यस्तो छ सर्वोच्चमा बुझाएको बहस नोट :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/प्रतिनिधि-सभा-विघटन-सम्बन्धी-सर्वोच्च-अदालत-संवैधानिक-इजलासमा-प्रस्तुत-गरिएको-बहसनोट_1624541181.pdf”]

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ३७ बजे

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज