२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार



ललितपुर । फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले उद्दार गरेको हो ।

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाइदिएको छ ।

जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी कर्मचारी खटी फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्री, काउनसिलिङ लगायत सचेतनामूलक बोर्डहरु राख्नुका साथै सुरक्षित रुपमा आन्तरिक पर्यटक तथा स्थानिय बासिन्दा गरी उक्त दिनमा समेत ५ सय जनालाई फुलचोकी घुम्न पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ४१ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,