३ पुस २०८२, बिहिबार | December 18, 2025

हिंसारहित समाजका लागि महाकाली-मेची साइकल यात्रा



महेन्द्रनगर । हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली-मेची साइकलयात्रा शुरु गरिएको छ ।

बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ (ओसो पुजारी)को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गरेका छन् ।

समाजमा बढ्दै गइरहेको हिंसा अन्त्य र वातावरण संरक्षणका लागि साइकलयात्राको महत्व रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । काष्ठमाण्ड साइकल क्लबका अध्यक्षसमेत रहेका यात्राका संयोजक श्रेष्ठले दश दिनमा साइकलमै मेची पुगेर यात्रा समापन गरिने बताए । सिद्धार्थ र सगरमाथा इन्सोरेन्सले यात्रा सफल बनाउन आर्थिक सहयोग गरेको श्रेष्ठको भनाइ छ । रासस

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ४८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन