१८ माघ २०८२, आइतबार | February 2, 2026

मुख्यमन्त्री शंकर पोखरेलको प्रतिबद्धता विपरित प्रदेश स्थापना दिवस देउखुरी मनाईंदै



बुटवल । प्रदेशका कुनैपनि संरचनाहरु नसरेपनि लुम्बिनी प्रदेश सरकारले यस पटक प्रदेश तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङ देउखुरीमा मनाउने भएको छ ।

गत असोज २० गते प्रदेशको स्थायी राजधानीको स्थायी टुङ्गो लगाएकै दिन प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधारहरु तयार नहुँदा सम्म बुटवलबाटै राजधानीका काम कारवाही संचालन हुने बताएका थिए । सभामा त्यस्तो प्रतिबद्धता ब्यक्त गरेपनि राजधानीको टुङ्गो लागे लगत्तै प्रदेशका कतिपय कार्यक्रमहरु देउखुरी केन्द्रित गर्न थालेका थिए । आफ्नै प्रतिबद्धता विपरित मुख्यमन्त्रीले प्रदेशको स्थाना दिवस पनि देउखुरीमै मनाउन लागेका हुन् ।

प्रदेश पूर्वधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिसकिएको देउखुरीमा मुख्यमन्त्रीकै प्रस्तावमा फागुन २ देखि ४ सम्म प्रदेश स्थापना दिवस देउखुरीमा मनाउन लागिएको हो ।

प्रदेश सरकारले स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तारिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ । मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले फागुन २, ३ र ४ गते देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको आन्तारिक मामिला तथा कानुनमन्त्री केसीले जानाकारी दिए ।

स्थापना दिवस देउखुरीमा गरिने भएपनि त्यसका सबै तयारी बुटवलबाटै गरिने भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले बताए । प्रदेश प्रमुख धर्मनाथ यादव प्रमुख अतिथि रहने कार्यक्रममा प्रमुख अतिथि समेत कार्यक्रमकै दिन बुटवलबाट कार्यक्रमस्थल जाने तय भएको मन्त्री चौधरीले बताए ।

स्थापना दिवसको अवसरमा फागुन २ गते स्थानीय तहमा सरसफाईसंग सम्बन्धित कार्यक्रम, ३ गते विशेष समारोहका साथै विभिन्न व्यक्तिलाई पदक प्रदान एवं ४ गते प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षणमूलक कार्यक्रमको आयोजनासहित दीपावली गरिने कार्यक्रम तय गरिएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : १४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन