१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रेमिकाको हत्या आशंकामा पक्राउ परेका वडा सदस्यविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा



कैलाली । कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा पक्राउ परेका वडा सदस्य विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनका प्रेमिका अञ्जिता चौधरीले उनकै घरमा आइतबार विहान झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । वडा सदस्य चौधरीलाई हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो ।

मृतकका दाजु रमेश चौधरीका अनुसार अञ्जिता विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेकी थिइन । तर वडा सदस्य चौधरीले अञ्जितालाई झुक्याएर हालै अर्को विवाह गरेको दाबी मृतकका आफन्तजनले गरेका छन ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम