६ श्रावण २०८३, बुधबार | July 22, 2026

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा



दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रम बीच शाखाको औपचारिक उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैकालागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए।
उनले स्थानीय स्तरबाट संकलनहुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको बताए ।
बैंकले सानातथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ०२ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले