८ चैत्र २०८२, आइतबार | March 22, 2026

पहिलो चरणमा ५ र दोस्रो चरणमा २ प्रदेशको निर्वाचन गर्न सरकारको निर्वाचन आयोगलाई आग्रह



काठमाडौं । संसद विघटनको सिफारिसमा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरे अनुसार सरकारले दुई चरणको निर्वाचनका लागि क्षेत्र विभाजन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ का लागि घोषित निर्वाचनको कार्यक्रममा गरिने निर्वाचनको क्षेत्र निर्धारण गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने गरि निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सुनाउन आज प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग पुगेका छन् । उनले आयोगमा निर्वाचनको तयारीका बिषयमा आयोगका पदाधिकारीहरुसँग छलफल समेत गरेका छन् ।

देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगसंग प्रधानमन्त्री ओलीको छलफल भएको सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको निर्णयको प्रचण्ड-नेपाल पक्षको नेकपा सहित सबै दलहरुले विरोध जनाएका छन् ।

देशमा प्रचण्ड-नेपाल पक्षको नेकपा सहित कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत पनि संसद् विघटनविरुद्ध आन्दोलित छन्।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १ : ४४ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded