७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पहिलो चरणमा ५ र दोस्रो चरणमा २ प्रदेशको निर्वाचन गर्न सरकारको निर्वाचन आयोगलाई आग्रह



काठमाडौं । संसद विघटनको सिफारिसमा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरे अनुसार सरकारले दुई चरणको निर्वाचनका लागि क्षेत्र विभाजन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ का लागि घोषित निर्वाचनको कार्यक्रममा गरिने निर्वाचनको क्षेत्र निर्धारण गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने गरि निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सुनाउन आज प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग पुगेका छन् । उनले आयोगमा निर्वाचनको तयारीका बिषयमा आयोगका पदाधिकारीहरुसँग छलफल समेत गरेका छन् ।

देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगसंग प्रधानमन्त्री ओलीको छलफल भएको सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्रीको निर्णयको प्रचण्ड-नेपाल पक्षको नेकपा सहित सबै दलहरुले विरोध जनाएका छन् ।

देशमा प्रचण्ड-नेपाल पक्षको नेकपा सहित कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत पनि संसद् विघटनविरुद्ध आन्दोलित छन्।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १ : ४४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल