४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज प्रधानमन्त्रीको हैसियतमा केपी ओली निर्वाचन आयोग पुगे, निर्वाचनको तयारीका विषयमा छलफल



काठमाडौं । यस अघि पार्टी अध्यक्षका हैसियतले निर्वाचन आयोग पुग्ने गरेका प्रधानमन्त्री केपी ओली आज भने प्रधानमन्त्रीको हैसियतले आयोग पुगेका छन् । बिहान ११ः५० बजे आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेर निस्केका छन् ।

प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग १ घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आज पार्टी अध्यक्षको हैसियतले नभई प्रधानमन्त्रीका हैसियतले आयोगका पदाधिकारीसँग निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोग पुगेको बताएका छन् । ‘आज आयोगमा सरकार आएको हो पार्टी होईन । पार्टी विबादको विषयमा छलफल नभएर निर्वाचनको तयारीका बिषयमा छलफल भयो ।’ थापाले भने ।

मंगलबारको छलफलमा प्रधानमन्त्री ओलीले आयोगले अहिले सम्म गरेको निर्वाचनको तयारीका बारेमा जानकारी लिँदै निर्वाचनको तयारीलाई तिब्रता दिन आग्रह गरेको थापाले जानकारी दिए। थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले गरेको निर्वाचनको तयारीका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ३७ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या