२४ आश्विन २०८३, शनिबार | October 10, 2026

राष्ट्रपति र प्रधानमन्त्री बीच २ घण्टा बढी छलफल, निर्वाचन आयोगबाट सिधै शीतलनिवास पुगेका थिए ओली



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको छ ।

बिहान ११ः५० मा निर्वाचन आयोग पुगेर निर्वाचनको प्रक्रिया अगाडी बढाउन १ मिनट पनि रोक्न नहुने बताएर निस्केका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न सिधैँ शीतलनिवास पुगेका थिए । उपप्रधानमन्त्री,कानुनमन्त्री, अर्थमन्त्री, र संविधानसभा अध्यक्षलाई साथमा लिएर आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको तयारीको प्रशंसा गर्दै धन्यबाद समेत दिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री ओली बीच बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भएको बताईएको छ ।

यसअघि सरकारले सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गर्ने तथा दोस्रो चरणमा २७ वैशाखमा दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सोमबारको मन्त्रिपरिषदको निर्णय पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई जानकारी गराएको शीतलनिवास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ३२ बजे

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध