७ चैत्र २०८२, शनिबार | March 21, 2026

उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य–निजी क्षेत्र बीच साझेदारी आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक भित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्र बीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्।

मंगलबार मेची उद्योग वाणिज्य संघको १७ औँ वार्षिक साधारणसभाको उदघाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा स्विकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताए ।

मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्य र निजी क्षेत्र बीच सहकार्य हुन सकेमा नेपालमा पनि हामीले चाहेको आर्थिक विकास र सम्मृद्धिको सम्भावना रहेको बताए ।

वास्तवमै यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिनसक्छ, उनले भने ।

अहिले नेपालमा पनि धेरै स्थानीयतहमा लगानीको लागि एक प्रकारको प्रतिष्पर्धा हुने गरेको बताउँदै उनले रोजगारी सृजना गर्न, राजश्व संकलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरुगर्न सकिने बताए ।

नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाकालागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने धारणालाई परिवर्तन गर्नु पर्ने बताए ।

उनले महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योग मैत्री वातावरणको निर्माण, व्यवसायीहरुका हक हितका विषय वस्तुहरु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेका समस्या र त्यसको समाधान, तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण जस्ता विषयमा आफू निरन्तर क्रियाशिल र हने बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ३६ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका