२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

ओली पक्षलाई ‘काउण्टर’ दिंदै आज प्रचण्ड-नेपालपक्षको काठमाडौमा शक्ति प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली पक्ष र प्रचण्ड नेपाल पक्षका बीच शक्ति प्रदर्शनको कडा प्रतिस्पर्धाकै बीचमा प्रचण्ड-नेपाल पक्षको काठमाडौमा दास्रो पटक शक्ति प्रदर्शन गर्न लागेको हो ।

विरोधसभा अघि काठमाडौंका विभिन्न स्थानबाट जलुस निकाल्ने सो पार्टीले तयारी गरेको छ । आजको सभालाई नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल गरि ५ स्थानबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने केन्द्रीय सङ्घर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले नेतृत्व गर्नेछन्।

त्यस्तै माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गर्नेछन्।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।

त्यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्नेछन्। त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन्। मुल जुलुस राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

यसअघि प्रचण्ड-नेपाल पक्षले माघ ९ गते पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ३८ बजे

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी