३० कार्तिक २०८२, आइतबार | November 17, 2025

ओली पक्षलाई ‘काउण्टर’ दिंदै आज प्रचण्ड-नेपालपक्षको काठमाडौमा शक्ति प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली पक्ष र प्रचण्ड नेपाल पक्षका बीच शक्ति प्रदर्शनको कडा प्रतिस्पर्धाकै बीचमा प्रचण्ड-नेपाल पक्षको काठमाडौमा दास्रो पटक शक्ति प्रदर्शन गर्न लागेको हो ।

विरोधसभा अघि काठमाडौंका विभिन्न स्थानबाट जलुस निकाल्ने सो पार्टीले तयारी गरेको छ । आजको सभालाई नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल गरि ५ स्थानबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने केन्द्रीय सङ्घर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले नेतृत्व गर्नेछन्।

त्यस्तै माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गर्नेछन्।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।

त्यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्नेछन्। त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन्। मुल जुलुस राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

यसअघि प्रचण्ड-नेपाल पक्षले माघ ९ गते पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ३८ बजे

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा

नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक (मस्यौदासहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति

काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित