२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

एन आई सी एशिया बैंकको Valentine’s Day को विशेष योजना ‘Celebrate Love with NIC ASIA Bank’



काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि’Celebrate Love with NIC ASIA Bank’ भन्ने योजना सार्वजनिक गरेको छ ।

पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने Valentine’s Day को अवसरमा आफ्नो ग्रहकहरुलाई यस्तो योजना दिईएको हो । योजना अनुसार बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, त्तच् भुक्तानी तथा आईपिजि गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने उद्धेश्य राखेको छ ।

डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा Valentine’s Day को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ । बैंकले मिति २०७७/ १०/ २८ गतेदेखि २०७७/ ११/ ०१ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत QR कोड स्क्यान गरी कारोबार गर्ने ग्रहकहरुलाई दिईएको छ ।

त्यस्तै, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत POS द्वारा भुक्तानी गर्ने र ई-कमर्शमार्फत कारोबार गर्ने, ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकले यो अवसर पाउनेछन् । गोलाप्रथामार्फत छनौट हुने जनाईएको छ ।

योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ । सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहकहरूको लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था हुने बैंकले जनाएको छ ।

उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/ १ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था पनि दिईने छ । त्यसैगरी नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नुहुने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : ०३ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले