२८ भदौ २०८३, आइतबार | September 13, 2026

बलात्कार विरुद्ध बसन्तपुर–सिंहदरबार महिला मार्चपास हुने



काठमाडौं । बृहत नागरिक आन्दोलनले बलात्कार विरुद्ध बसन्तपुर-सिंहदरबार मार्चपास गर्नेभएको छ ।

देशभर भैरहेका एकपछि अर्को बलात्कारका घटनाको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गर्न लागेको आन्दोलनले जनाएको छ ।

मार्चपास माघ ३० गते शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म हुने वृहत नागरिक आन्दोलनले जनाएको छ। मार्चपासमा सहभागी हुन आन्दोलनले अपि गरेको छ ।

गत बुधबार बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । तर, अहिलेसम्म पनि अपराधी पक्राउ परेका छैनन् ।

वृहत नागरिक आन्दोलनले मार्चपासमा सहभागी हुन अपिल जारी गर्दै ‘एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौं अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने जनाएको छ ।

‘एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’ भन्ने प्रश्न गर्दै बृहत नागरिक आन्दोलनले सडकबाट चुनौती दिने जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ३७ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू