१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

काठमाडौका पत्रकारलाई मुख्यमन्त्री पोखरेलको चुनौती, सभा कस्तो हुन्छ हेर्न १ गते बुटवल आउनु !



बुटवल । । गत माघ ९ गते प्रचण्ड–नेपाल पक्षले काठमाडौमा गरेको विरोधसभा सकिए लगत्तै प्रधानमन्त्री केपी ओलीले चुनौती दिए, ‘आमसभा कस्तो हुन्छ २३ गते देखाउँछौं ।’ २३ गते ओली पक्षले सभाको आयोजना पनि ग¥यो । तर ओलीले भने जस्तै सभामा उपस्थिति नभएको ओलीकै समर्थक एवं ओलीकै सभाको मञ्च बनाउने विनोद श्रेष्ठले टिप्पणी गरे ।

ओली पक्षको सभा सकिए लगत्तै प्रचण्ड–नेपाल पक्षको हुँकार सुरुभयो, उनीहरुले पनि भने जनता हेर्न माघ २८ गते सभामा आउनुहोस् । मंगलबार विरोधसभा सकिएको छ । सभामा कति कार्यकर्ता थिए त्यो बिषयमा उनीहरुले नै दाबी गर्लान् । तर प्रचण्ड–नेपालको सभा नसकिँदै ओलीकै शैलीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौका पत्रकारहरुलाई हुंकार देखाउँदै आफ्नो फेसबुकमा लेखे, ‘सभा कस्तो हुन्छ र उपस्थिति कस्तो हुन्छ हेर्न फागुन १ गते बुटवल आउनुहोस् । बुटवलमा प्रचण्ड–नेपाल पक्षले सभा गरिसकेका छन् भने ओली पक्षले माघ २८ गते तय भएको सरकारी सभालाई फागुन १ गते सारेको छ ।

केहिदिन पहिले कांग्रेसले गरेको वडा स्तरको सभामा बोल्दै कांग्रेसका युवा नेता गगन थापाले ओलीलाई असंवैधानिक कदम चाल्न उक्साउने मुख्यमन्त्री शंकर पोखरेलनै भएको किटानी गरेका थिए । थापाले लगाएको आरोप जस्तै ओलीले भाषणबाट जस्तो तितो ओकल्छन् त्यस्तै शैलीमा मुख्यमन्त्री पोखरेलले पनि सामाजिक सञ्जालमा बेलाबेलामा तीतो ओकलेको पढ्न पाईन्छ ।

प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका विद्वान मानिएका नेता पोखरेलले जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन गरेको निम्तो उनको उत्ताउलोपन भएको विश्लेषकले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले देशभरको नभएर प्रदेशको मात्रै जनसहभागिता भनेको कस्तो हुन्छ, हेर्नका लागि बुटवलमा आउन काठमाडौका पत्रकारलाई डाकेका छन् । काठमाडौका पत्रकारले प्रचण्ड–नेपाल पक्षको प्रदर्शनमा देखिएको उपस्थितिी समाचार लेख्न नभ्याउँदै पोखरेलले पोष्ट गरेको स्ट्याटसले काठमाडौंको उपस्थितीदेखेर पोखरेलको मनमा उब्जेको ज्वारभाटा त होईन ? भनेर अनुमान पनि गर्न सकिन्छ ।

आगामी फागुन १ गते एउटै प्रदेशका जनताको जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा स्वागत गर्ने पोखरेलले बताएका छन् । काठमाडौंमा प्रचण्ड–नेपाल पक्षको आजको भेलाप्रति संकेत गर्दै उनले केन्द्रका पत्रकारहरुलाई बुटवलमा बोलाएका हुन् ।

मुख्यमन्त्री, त्यसपछि नेपाली जनतामा बौद्धिक ब्यक्तित्वका रुपमा पहिचान बनाएका पोखरेलको उत्ताउलोपनाले गगन थापाको आरोप पुष्टि गर्ने तर्फ नै मद्दत गर्दछ । अन्यथा फागुन १ मा ओली पक्षको जनसहभागिता देखाउन बुटवलकै पत्रकारहरु सक्षम छन् भन्ने मुख्यमन्त्रीलाई हेक्का नहोला र ? कि पोखरेललाई बुटवलका पत्रकारको बिश्वास नभएर हो ? पोखरेलले यसअघि प्रचण्ड नेपाल पक्षले बुटवलमा आयोजना गरेको सभापछि तत्कालै प्रतिक्रिया जनाउँदै बिगाहा र कठ्ठाको हिसाब निकालेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : २१ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले