१ पुस २०८२, मंगलबार | December 16, 2025

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर, अदालतबाट थुनामा पठाउने आदेश



काठमाडौं । नेपाली राजनीतिमा हलचल मच्चाएको प्रधानमन्त्री निवास बालुवाटारसंग गाँसिएको ललिता निवास प्रहरणमा लामो अनुसन्धान पछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल विरुद्ध मुद्दा दायर गरेको हो ।

ढकालमाथि ललिता निवासको २९९ रोपनी सरकारी जग्गा हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले बुधबार साँझ अभियुक्त ढकालसँग बयान लिएका थिए । अख्तियारले दायर गरेको मुद्दामा ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी गरिएको छ ।

जग्गा प्रकरणमै अभियुक्त बनाइएकी ढकालकी पत्नी उमाकुमारीलाई भने विशेष अदालतले धरौटीमा रिहा गर्ने निर्णय सुनाएको थियो । अख्तियारको उनीमाथि ९१ लाख बिगो मागदाबी थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ८ : २३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज