१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने



बागमती । बागमती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ ।

प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका मुख्यमन्त्री पौडेलले यसबाहेक चालु आर्थिक वर्षमा नेपाल प्रहरीका लागि प्रदेशभर थप २१ वटा भवन बनाउने निर्णय गरिएको जानकारी दिए ।

प्रदेश सरकारले यसअघि ४६ वटा प्रहरीचौकी भवन निर्माण प्रारम्भ गरी १७ वटाको निर्माण सम्पन्न गरिसकेको छ भने अन्यको यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रहरीको अवस्था दयनीय भएकाले अवस्था सुधारमा ध्यान दिइएको पौडेलको भनाइ छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रहरीका लागि १२ वटा गाडी र २२ वटा मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १० : ४६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क