११ चैत्र २०८२, बुधबार | March 26, 2026

प्रधानमन्त्रीको ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका युवा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले लोकतन्त्रमाथि थप प्रहार गरेको टिप्पणी गरेका छन् ।

बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रामकुमारीलाई लोकतन्त्रका पक्षमा प्रखर बोल्दा सरकारले तथाकथित अभियोग लगाएर पक्राउ गरेका बताएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गरेको आरोप लगाए । प्रचण्डले भने, ‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो । राष्ट्रपतिका बारेमा तथाकथित गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो। यो लोकतन्त्र माथिको आक्रमण हो ।’ प्रचण्डले भने ।

प्रचण्डले पक्राउ नगर्न आग्रह गर्दा गर्दै झाँक्रीलाई पक्राउ गरिएको बताउँदै यसविरुद्ध पार्टीले उचित निर्णय लिने बताए ।

यसैबीच प्रचण्ड नेपाल नेकपाले झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै झाँक्रीलाई रिहा गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।’

‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको भन्दै सरकारले राज्य विरुद्धको कसुर गरेको आरोपमा झाँक्रीलाई प्रहरीले बिहीबार बिहान निवासबाटै पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  २ : ३४ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई