२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल टेलिकम रुपन्देही सुपरलिग सुरु : गोलपार्क क्रिकेट क्लब विजयी



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लबले बुटवल युथलाई ६६ रनले पारजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । जसमा रिक्की पुनले ४५, बिनोद रनपालले ३३, जीवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे । बलिङमा बुटवल युथका बिनित पौडेलले चार, सन्तोष परियार र सुजन गौतमले समान दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङ गर्न आएको बुटवल युथले मात्र एक सय ४१ रन बनाउन सक्यो । ३३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै ६६ रनको हार ब्यहोर्याे । उसका लागि सुजन गौतमले सर्वाधिक ३१ रन, सुमन थापा क्षेत्रीले २७ र बिनित पौडेलले २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । बुटवल युथलाई सस्तैमा रोक्न १० ओभर बलिङ गरेका जीवन पुनले २ मेर्डन राख्दै १५ रन खर्चेर पाँच विकेट लिए । यस्तै, रिक्की पुनले २, रिजन पछाई, आर्गिन सुबेदी र बिनोद रनपालले समान एक÷एक विकेट लिए । महालक्ष्मी म्यान अफ दी म्याच जीवन पुन घोषित भई पुरस्कृत भए । शुक्रबार सैनामैना क्रिकेट क्लब र स्टार क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ९ : २१ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा