१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भ्यालेन्टाईनको अवसरमा होटल हिडेन प्यालेसले ल्यायो हरेक जोडीलाई विशेष अफर



बुटवल । भैरहवामा सञ्चालनको तयारीमा रहेको अन्तरराष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमा वडा नं -७, भलबारीमा सुभारम्भ भएको होटल हिडेन प्यालेस प्रालिले सञ्चालनको प्रारम्भमा नै भ्यालेन्टाईन विशेष अफर संचालन गरेको छ ।

अत्यायाधुनिक सेवासहित सुभारम्भ भएको होटलको औपचारिक शुभारम्भमा भ्यालेन्टाईन विशेष अफर राखेको हो । भ्यालेन्टाईन मनाउन होटलमा आउने हरेक जोडी पाहुनालाई विशेष प्याकेजको अफर रहेको होटलले जनाएको छ ।

भ्यालेन्टाईन मनाउने हरेक जोडीको प्रणय दिवस यादगार रहोस् भनेर अफर राखिएको होटलका प्रबन्ध निर्देशक आभुषण खनालले बताए । हाल स्टारको बैधानिकता नलिएपनि स्टार स्तरको सेवा दिने लक्ष्यसहित पुर्वाधार निमार्ण गरिएको उनले बताए ।

बिस २०७० मा सामान्य पार्टी प्यालेसका रुपमा शुरुवात भएको कारोबारलाई अहिले सेवा बिस्तार गरि सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो । ब्यवस्थापन र होटल सेवामा राम्रो ज्ञान बटुलेका युवाद्घारा होटल शुरुवात गरिएको संचालकहरुको दाबी छ । होटलको आकर्षक मेन बिल्डिङ साढे ३ कठ्ठा क्षेत्रफलमा रहेको छ । यसैगरि कुल १० कठ्ठा जग्गा लिजमा पुर्वाधार बनाईएको प्रालिका कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए । ‘हालसम्म १७ करोड रुपैया लगानी भएको छ ।’- उनले भने । होटल फुलफेजमा संचालनमा आउदा लगानी अझ बढ्ने उनले बताए ।

होटलमा २ वटा डिलक्स जुनियर स्विट, ९ वटा क्विन बेड, २३ वटा टुईन बेड गरि ३४ वटा कोठा कछन । शुभकार्यमा कार्यक्रम संचालन गर्न होटलमा अल डे डाईनिङ रेष्टुरेन्ट, सेमिनार हल समेत निर्माण सम्पन्न भएको छ ।

बैशाखसम्म ३६० भ्यु बार हाउस (डोम), ब्याङक्वीट हल, स्विमिङ पुल, बेकरी (पाउरोटी पसल) लगायत संरचना निर्माणको चरणमा छन । आगामी वर्ष हेल्थ क्लब, जिम हाउस, फनपार्क लगायत संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष अन्जु शर्मा खनालले बताईन । नेपाली उत्पादनलाई प्राथमिकता दिईएको उनले बताईन । होटलमा प्रयोग भएका कुर्चि, टेबल स्थानिय आवास स्टीलको उत्पादन रहेको उनले बताए । अहिले ३७ जनाले रोजगार पाएका होटलमा पुर्ण तयारी भएपछि एक सय बढीले रोजगार पाउने उनले दाबी गरिन ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ३५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा