४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेकपा ओली पक्षको जनसभाको तयारी पुरा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने, पूर्व लडाकु समेत जुलुसमा सहभागी हुने



बुटवल । नेकपा ओली पक्षले आफ्नो आधार ईलाका दाबी गर्दै आएको लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा शनिबार गरिने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । बुटवलको सिद्धेश्वर माबीको प्राङ्गनमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको नेकपा ओली पक्षका पूदेश प्रचार संयाजक झपिन्द्र जिसीले बताए ।

नेकपा ओली पक्षले बुटवलमा २ लाख समर्थक उतार्ने दाबी गर्दै आएको छ । नेकपा ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाले १ लाख समर्थक सडकमा उतार्ने छ भने बाँकी ११ जिल्लाबाट प्रतिनिधिमुलक ढंगले थप १ लाख समर्थक बुटवलमा उतार्ने छ ।

ओली पक्षले तत्कालिन माओबादीले जनयुद्ध सुरु गरेको फागुन १ गतेकै दिन पारेर बुटवलमा जनसभा गर्न लागेको छ । कार्यक्रममा जनयुद्धका पूर्व लडाकुहरुको समेत मार्चपास गराउने कार्यक्रम रहेको पार्टी स्रोतले बताएको छ । जनयुद्ध दिवसकै दिन पारेर ओली पक्षले बुटवलमा देशभरीका पूर्व लडाकुहरुको भेला समेत आह्वान गरेको छ । प्रहरीको खोजीमा रहेका कालिबहादुर खाम सहितका पूर्व लडाकुहरु शनिबारका सभामा सहभागी हुने बताईएको छ ।

‘साबिक लुम्बिनी अञ्चल हाम्रो आधार ईलाका हो, यहाँ नेकपाको संगठन र कार्यकर्ताहरु अहिले पनि निर्भिकरुपमा पार्टी अध्यक्ष केपी ओलीका पक्षमा खुलेका छन्, यहाँको उपस्थितीले राष्ट्रलाई नौलो सन्देश दिन सक्छ ।’ खबरकुरासंगको कुराकानीमा ओली पक्षका लुम्बिनी प्रदेश सह-इन्चार्ज एवं प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए ।

कार्यक्रमको तयारीका लागि १ हजार बढी स्वयंसेवकहरु खटाईएको छ । आज मध्यराती सम्ममा मुल मञ्च तयार हुने नेकपाले जनाएको छ । मैदानमा जनसहभागितालाई स्थान अभाव हुने अवस्था आएमा त्यस नजिकका सडकहरुमा समेत डिजिटल बोर्ड मार्फत कार्यक्रम हेर्न सकिने व्यवस्था मिलाईएको प्रचार संयोजक जिसीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

सभा सुरुहुनु पूर्व ३ स्थानबाट जुलुस सुरु भई अस्पताल लाईनमा एककिृत हुने र त्यहाँबाट सभास्थल तर्फ प्रवेश गर्ने कार्यक्रम रहेको जीसीले बताए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : ४० बजे

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।