४ बैशाख २०८१, मंगलबार | April 16, 2024

गृहमन्त्री थापाले दिए शसस्त्र दमन गर्ने चेतावनी



काठमाडौं । अक्सर आन्दोलनकारीहरुले सरकार दमनमा उत्रिए प्रतिरोध गर्ने र सरकारले बन्दुकले आन्दोलन दवाउन खोजे हतियार उठाउने चेतावनी दिन्छन् । आन्दोलनका मोर्चाबाट आन्दोलनकारीहरुले पटक पटक सरकार विरूद्ध गर्ने भाषण सुनिए पनि पहिलोपटक आन्दोलनकारीले अवरोध गरेमा सरकारले सशस्त्र प्रतिरोध गर्ने चेतावनी पहिलो पटक सुनिएको छ ।

ओली सरकारका गृहमन्त्री रामबहादुर थापाले ‘प्रतिक्रियावादी वर्ग’ले सरकारलाई अवरोध गरेका खण्डमा सशस्त्र दमन गर्ने चेतावनी दिएका छन् । गत माघ २३ गते नारायणहिटी दरबार अघिको मञ्चबाट तेस्रो जनआन्दोलनको उदघोष् गरेका गृहमन्त्री बादलले आज शसस्त्र दमन गर्ने चेतावनी दिएका हुन् ।

जनयुद्ध दिवसका अवसरमा आज काठमाडौंमा ओली समूहबाट असन्तुष्ट आफू आबद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारले समाजवादी कार्यक्रम लागू गर्ने क्रममा ‘प्रतिक्रियावादी वर्ग’ले हतियारै उठाएर अवरोध गरेको अवस्थामा सशस्त्रै रूपमा दमन गर्नुपर्ने स्थिति आउन सक्ने बताएका बताएका हुन् ।

उनले सरकारले लिएको समाजवादी लक्ष्य पुरा गर्ने क्रममा अवरोध गर्न शसस्त्र ढंगले आएको अवस्थामा सेना, प्रहरी भएको सरकारले पनि शसस्त्र दमन गर्ने बताए ।

हिजो जस्तो आज समाजवादी क्रान्तिका लागि सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था नभएको भन्दै थापाले प्रतिक्रियावादी वर्गले सशस्त्र रूपमा अवरोध गर्न खोजेमा भने पनि त्यस्तै जवाफ दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ११ : ११ बजे

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण