२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

प्रतिक्रान्तिकारी सोचका कारण गणतन्त्र धरापमा :प्रचण्ड



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षकाअध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोच हावी भएको बताएका छन ।

शनिबार काठमाडौँमा गंगा कार्की विश्वको “दुसाध्य जनयुद्ध” पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताएका हुन । उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धी संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताए ।

माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाईएका कारण विश्व कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोरेको आफ्नो ठम्याईरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफुहरुको जित नहुने बताए ।

पेरु, श्रींलका लगायतका देशहरुको जस्तो युद्ध नहोस् भनि क्षेत्रिय, राष्ट्रिय, अन्र्तराष्ट्रिय र पार्टी भित्रको परिस्थिति अध्ययन गरी जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको स्मरण पनि उनले गरे । जनयुद्ध शान्तिमा रुपान्तरण हुदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र मा आईपुगेको भन्दै उहाँले सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आव्हान गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : १३ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात