२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

प्रधानमन्त्री ओलीले सनकको भरमा संविधानमाथि खेलवाड गरे : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि खेडवाड गरेको आरोप लगाएका हुन् ।

पौडेलले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने भएको सहमतिमाथि ओलीले धोका दिएको बताए। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ थियो ।

उनले यति ठुलो विश्वासघात होला भन्ने नसोचेको भन्दै प्रधानमन्त्री ओलीमा राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए । उनले राजनीतिक संस्कार नभएको उनको भनाई थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ३६ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात