२० बैशाख २०८३, आइतबार | May 3, 2026

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले गरे पदबहाली



काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदबहाली गरेका छन् । शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदबहाली गरेका हुन् ।

गत २६ कात्तिक देखि कायम मुकायम ९कामु० कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत २६ माघको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए।

‘आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अध्यावधीक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ’,उहाँले भने । ‘विद्युत चुहावट नियन्त्रण,विश्वसनीय विद्युत वितरण प्रणालीका लागि प्रणालीको सुदृणीकरण तथा विस्तारका कामहरु प्राथमिकताका साथ अगाडि बढ्ने छन्।’

‘लेऊ या तिर’९टेक अर पे०को सर्त राखी विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत आयोजनाको वर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए।

‘विद्युत आपूर्तिका लागि पर्याप्त विद्युत छ पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ’,उनले भने ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिम रुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे । ‘विश्वसनीय विद्युत आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ’,उनले भने । ‘यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाढि बढ्नुपर्छ ।’

प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनर्संरचना विगतमा हासिल भएका उपलब्धीको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताए । उहाँले यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ३९ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता