३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ : नेता पुन



तेह्रथुम । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए ।
पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनकोे भनाइ थियो ।
निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक/एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे ।

‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५०औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’, पुनले भन्नुभयो, ‘प्रधानन्त्रीजी तपाईं जनताप्रति जिम्मेवार छन् ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोेको हो ?’ प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेकामा जोड दिए ।

संविधानले सार्वभौमसत्ता र राजकीय अधिकार नेपाली जनतामा रहेको स्पष्ट गरेको भन्दै पुनले विगतमा राजामहाराजाले जसरी राजयकीय अधिकार आफूमा रहेको दाबी गर्नुले प्रधानमन्त्री ओलीमा रहेको निरंकुश चरित्र प्रकट गरेको आरोप लगाए । ‘प्रधानमन्त्रीका वकिलहरुले हुँदाहुँदा हिजो श्री ५ र श्री ३ मा भएको अधिकार प्रधानमन्त्रीसँग छ भनिरहेका छन्’, पुनले भने, ‘यो निरंकुश, स्वेच्छाचारी र लोकतन्त्रविरोधी तर्क हो । लोकतन्त्रमा सार्वभौमसत्ता र कार्यकारी अधिकार जनतामा हुन्छ ।’

पुनले संविधान, लोकतन्त्र र जनमत बचाउन आफूहरु आन्दोलनमा रहेको भन्दै दमन र बल प्रयोगको धम्की नदिन प्रधानन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई चेतावनी दिए । ‘तपाईंहरुले ७० वर्षसम्म जनताले रगत/पसिना बगाएर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ’, पुनले भने, ‘हामी क्रान्तिकारीहरुलाई बल प्रयोगको धम्की दिन बन्द गर्नुस्, हामी त्यस्ता धम्कीसँग डराउँदैनौं ।’ जनसमर्थन कमजोर भएपछि प्रधानमन्त्री र गृहमन्त्री धम्की र बल प्रयोगको भाषा प्रयोग गर्न थालेको उनको भनाइ थियो ।

गृहमन्त्री थापाले आफूहरुको आमहड्तालका दिन २२ माघमा प्रचण्ड र माधव नेपाललाई सडकबाटै उठाउन प्रहरीलाई निर्देशन दिएको र २३ गते नारायणहिटी अगाडिबाट आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने धम्की दिएको भन्दै पुनले त्यसको निन्दा गरे । सेना र प्रहरीको घेरामा बसेर धम्कीको भाषा बोल्न बन्द नगरे आन्दोलन सफल भएका दिन ओली र थापालाई सडकमा घिसार्दा कसैले सुरक्षा नगर्ने पुनको चेतावनी थियो ।

फरक प्रसंगमा पुनले आफूहरुले विश्वास गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष स्वीकार गरेको व्यक्तिले संविधान, लोकतन्त्र र जनमतमाथि घात गरेका कारण आफूहरु जनताका बीचमा क्षमा माग्न आएको पुनले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : १३ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण