२४ असार २०८३, बुधबार | July 8, 2026

कृषि क्षेत्रमा रहेको बढ्दो बेरोजगारीलाई कम गर्न लुम्बिनी प्रदेशमा सुरु भयो कृषिकर्मी रोजगार कार्यक्रम



बुटवल । लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा बढ्दै गएको बेरोजगारी कम गर्न लुम्बिनी प्रदेश सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमका बिषयमा जानकारी दिन भन्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज रोजगारदाताहरुसंग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि कर्मी रोजगार कार्यक्रममले कृषि क्षेत्रमा ठुलो परिर्वतन ल्याउने बताईन ।

किसानले कृषि कर्मीको रुपमा राखेका कृषि कर्मीहरुलाई तालिम, पोशाक तथा न्युनतम पारिश्रमीक र सामाजिक सुरक्षा कोषको समेत व्यवस्थापन गर्ने गरी सरकारले कार्यक्रम ल्याएको बताउदै मन्त्री पौडेलले यो कार्यक्रमले आफैमा महत्पूर्ण भुमिका खेल्ने दाबी गरिन् ।

उनले भनिन्–‘प्रदेश सरकारले सुरुवात गरेको यो कार्यक्रम आफैमा महत्पूर्ण र गौरवयुक्त कार्यक्रम हो ।’

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानहरुलाई प्राविधिक ज्ञान समेत हुने, दक्ष रोेजगारकर्मीहरु समेत पाईने भएको कारण सरकारले किसानहरुको सहयात्रीको रुपमा काम गर्ने गरी कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रममा कृषि कर्मी रोजगार कार्यक्रमको अवधारणा, कार्यविधि तथा कार्यक्रमबारेमा महशाखा प्रमुख श्रीधर ज्ञवाली, सामाजिक सुरक्षा कोषमा रोजगारदाता संस्था, कृषि कर्मीहरुको सूचिकृत गर्ने प्रक्रिया तथा योगदानको विषयमा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उदेश्यमाथी मन्त्रालयका पशु चिकित्सक हुमाकान्त पाण्डेले प्रकाश पारेका थिए ।

खासगरी कृषि क्षेत्रमा रहेको बढ्दो बेरोजगारीलाई कम गर्दै कृषि संग सम्बन्धित फार्म, संस्था वा व्यवसायमा काम गर्ने कृषि कर्मीहरुको लागि चाहिने आवश्यक न्युनतम तलव, भत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतको व्यवस्थापन गर्ने गरि आर्थिक वर्षको सुरुमै कार्यक्रमको घोषणा गरेपनि अलिे सम्म कार्यान्वयनमा आएको थिएन ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ०५ बजे

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन