१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कृषि क्षेत्रमा रहेको बढ्दो बेरोजगारीलाई कम गर्न लुम्बिनी प्रदेशमा सुरु भयो कृषिकर्मी रोजगार कार्यक्रम



बुटवल । लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा बढ्दै गएको बेरोजगारी कम गर्न लुम्बिनी प्रदेश सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमका बिषयमा जानकारी दिन भन्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज रोजगारदाताहरुसंग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि कर्मी रोजगार कार्यक्रममले कृषि क्षेत्रमा ठुलो परिर्वतन ल्याउने बताईन ।

किसानले कृषि कर्मीको रुपमा राखेका कृषि कर्मीहरुलाई तालिम, पोशाक तथा न्युनतम पारिश्रमीक र सामाजिक सुरक्षा कोषको समेत व्यवस्थापन गर्ने गरी सरकारले कार्यक्रम ल्याएको बताउदै मन्त्री पौडेलले यो कार्यक्रमले आफैमा महत्पूर्ण भुमिका खेल्ने दाबी गरिन् ।

उनले भनिन्–‘प्रदेश सरकारले सुरुवात गरेको यो कार्यक्रम आफैमा महत्पूर्ण र गौरवयुक्त कार्यक्रम हो ।’

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानहरुलाई प्राविधिक ज्ञान समेत हुने, दक्ष रोेजगारकर्मीहरु समेत पाईने भएको कारण सरकारले किसानहरुको सहयात्रीको रुपमा काम गर्ने गरी कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रममा कृषि कर्मी रोजगार कार्यक्रमको अवधारणा, कार्यविधि तथा कार्यक्रमबारेमा महशाखा प्रमुख श्रीधर ज्ञवाली, सामाजिक सुरक्षा कोषमा रोजगारदाता संस्था, कृषि कर्मीहरुको सूचिकृत गर्ने प्रक्रिया तथा योगदानको विषयमा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उदेश्यमाथी मन्त्रालयका पशु चिकित्सक हुमाकान्त पाण्डेले प्रकाश पारेका थिए ।

खासगरी कृषि क्षेत्रमा रहेको बढ्दो बेरोजगारीलाई कम गर्दै कृषि संग सम्बन्धित फार्म, संस्था वा व्यवसायमा काम गर्ने कृषि कर्मीहरुको लागि चाहिने आवश्यक न्युनतम तलव, भत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतको व्यवस्थापन गर्ने गरि आर्थिक वर्षको सुरुमै कार्यक्रमको घोषणा गरेपनि अलिे सम्म कार्यान्वयनमा आएको थिएन ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ०५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले