११ चैत्र २०८२, बुधबार | March 26, 2026

प्रधानमन्त्री ओलीका तीन वर्ष, आज सुनाउँदैछन् ‘विकास र समृद्धिको कायापलट’का फेहरिस्त



काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन वर्ष पुगेको छ । विकास र समृद्धिको नाराका साथ २०७४ मंसिरमा भएको आम निर्वाचनमा वामपन्थी गठबन्धनले विजय हासिल गरेपछि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए आजैका दिन ।

तत्कालिन नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका ओलीले यस तीन वर्षको बीचमा देशमा ‘अभूतपूर्व कायापल्ट’ भएको दाबी गरेका छन् । ओली र ओली समर्थकहरुले विकासै विकास मात्र भएको देखेका छन् । यति धेरै विकास र देशको समृद्धि अहिलेसम्म कोही प्रधानमन्त्रीले पनि नगरेको उनीहरुको दाबी छ ।

ओलीका विरोधी र आलोचकहरुले तीन वर्षमा थोरै काम र धेरै गफ भएको जिकिर गरिरहेका छन् । ओलीकै कारण तीन वर्षको उत्तरार्धमा संघीयता, गणतन्त्र र लोकतन्त्र धरापमा मात्र परेको छैन, ओलीले आफ्नै पार्टी, संघीय संसद र सिंगो देशलाई नै तहसनहस गरेर प्रतिगामी र स्वेच्छाचारी शासन सुरु गरेका छन् भन्ने आरोप विपक्षले लगाइरहेका छन् ।

तर, ओलीले आज आफुले तीन वर्षमा गरेको कामको फेहरिस्त सार्वजनिक गर्ने भएका छन् । हिजो मात्रै मुलधारका मिडियालाई दलाल भएको आरोप लगाएका ओली सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले मिडियाले सही सूचना नदिएका कारण अब आफै लाइभ टेलिकास्टमार्फत सरकारका उपलब्धी सार्वजनिक गर्ने जनाएका थिए ।

आज ओलीले आफुले तीन वर्षमा गरेका मुख्यमुख्य कामको उपलब्धी सुनाउने तयारी गरेका छन् । पुनर्निर्मण भएको सिंहदरबारका तीन मोहडा र प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले प्रेस ब्रिफिङमार्फत तीनवर्षे उपलब्धी सुनाउन लागेका हुन् ।

ओलीले बिहान ११ बजे सरकारका मुख्य उपलब्धीहरु सुनाउने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : १७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई