२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रचण्ड-नेपाल नेकपा र काँग्रेसद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिस्कार



विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रमलाई नेकपाको प्रचण्ड नेपाल पक्षसहितका प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा जारी वार्षिकोत्सव कार्यक्रमलाई प्रचण्ड नेपाल नेकपा र नेपाली काँग्रेससहितका दलहरुले बहिस्कार गरेका हुन् ।

सरकारले संसद छल्दै हिँडेका कारण कार्यक्रममा उपस्थिति हुन आवश्यक नदेखेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले जनाएका छन् । प्रचण्ड नेपाल पक्षका नेता इन्द्र आङ्वोले सरकारले बैधता गुमाइसकेका कारण त्यस्तो सरकारले आयोजना गर्ने कार्यक्रममा अनुपस्थित भएको बताए ।

कार्यक्रममा प्रदेश सभाका सांसदहरुको उपस्थिति न्यून रहेका छ । ओली समुहका सांसदहरु मात्रै उपस्थित रहेको कार्यक्रममा सरकारले २३२ बुँदे उपलब्धी सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धी पुस्तिका सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, ओली पक्षले भने अविश्वासको प्रस्ताव सामना नगरी संसद बैठकलाई नै अवरोध गरेर सत्ता टिकाउन प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : १४ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको