७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस सम्पन्न, महानगरीय अवधारणाका योजना कार्यान्वयन हुँदै



बुटवल । बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस सोमबार भव्य रुपमा मनाइएको छ । ६२ वर्ष अघि फागुन ३ गतेकै दिन बुटवल उपमहानगरपालिकाको स्थापना भएको थियो ।

स्थापना दिवसका अवसरमा कार्यालय परिसरमा आयोजित मूल समारोहको शुभारम्भ गर्दै प्रमुख शिवराज सुवेदीले नयां व्यवस्था र प्रणालीमा शुन्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास गरिएको बताए । बुटवलमा क्रियाशील राजनीतिक पार्टीहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका योजनाहरुलाई सम्बोधन गर्ने गरी बुटवल उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन महत्वका योजनासहितको गुरुयोजना निर्माण गरिएको प्रमुख सुवेदीले बताए ।

सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्ने र बुटवललाई अवसरको सहरका रुपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ थियो । महानगरीय अबधारणाका साथ बृहत बुटवल स्थापना गर्नेगरि विभिन्न खालका योजना छनौट गर्दै तिनलाई तीनै तहका सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुको सहकार्यमा साकार पारिने प्रमुख सुवेदीले बताए ।

‘साना योजनाहरु बुटवल उपमहानगर आफैले, मझौला योजनाहरु प्रदेश सरकार र ठूला योजनाहरु सम्पन्न गर्नका लागि संघीय सरकारसंग तथा कतिपय व्यवसायिक प्रबद्र्धनका योजनामा निजी क्षेत्रसंग सहकार्य गरेर काम गरिने छ’ प्रमुख सुवेदीले भने । बुटवलमा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई सञ्चालन गरेर भूमिहिन तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम भइरहेको छ ।

भूमिहीनलाई जमिनको मालिक बनाउने, खरका छाना मुक्त बुटवल बनाइने, घरवास विपन्न दलितहरुलाई घरवासको व्यवस्था मिलाइने, युवाहरुलाई इलम सिकाईने, इलम अनुसारको कामको प्रवन्ध मिलाइने र अवसरहरु सिर्जना गरेर तिनलाई विस्तार गरिने संकल्पलाई साकार पार्ने काममा केन्द्रित रहेको प्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाले हिलपार्कमा बुद्धपहिचान पार्क, जितगढीमा बटौली युद्ध संग्रहलाय, जितगढी सम्पदाताको सम्बद्र्धन र विस्तार, मोतिपुरमा थारु सांस्कृतिक संग्रालय, नयाँगाउँमा ढुवानीग्राम, नरेनापुर धाममा भ्यू टावर, बैठौलिया तालमा व्यवस्थित नौकाविहार र थारु होमस्टे तथा बुटवल रामनगरमा आधुनिक पशु बधशाला जस्ता महत्वपूर्ण आयोजना निर्माणका काम सुरु गरेको छ ।

यी कामका साथै आन्तरिक बाइपास सडकहरुको विस्तार र स्तरोन्नति, बुटवल चक्रपथ निर्माण, मिलन पार्क बहुउद्देश्यीय केन्द्र र खेल मैदान निर्माणका कामलाई अगाडि बढाएको छ । नगर गौरवका आयोजनाका अतिरिक्त प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा दीर्घकालीन महत्वका योजना बुटवलमा सञ्चालित छन । निजी क्षेत्र, समाजिक संघसंस्था तथा समाजसेवीका सहयोग एवम् सहकार्यमा नै बुटवलमा महामारी नियन्त्रणको काम प्रभावकारी भएको बताउँदै उपप्रमुख गुमादेवी आचार्यले योगदानको कदर गर्दै सबैलाई क्रमशः सम्मान गरिने जानकारी दिइन ।

पालिकाले अब्बल स्थान हासिल गर्न सफल भएको बताउंदै अब हरेक काम र हरेक क्षेत्रमा देशभरका स्थानीय तह भन्दा बुटवललाई उत्कृष्ट बनाउने गरी कामगरिएको प्रतिवद्वता जनाइन । कार्यक्रममा गौतमबुद्ध सामुदायिथक मुटु अस्पतालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, राप्रपाका नेता तथा बुटवल नगरपालिकाका भूपू प्रमुख पुनाराम पोखरेल लगायतले सबै नगरवासीलाई अपनत्व हुने गरी कार्यसम्पादन गर्न र व्यवसायिक मैत्री वातावरण बनाउन आग्रह गरेका थिए । निमित्त कार्यकारी प्रमुख मित्रमणि खनाल लगायतले धन्यवाद र वरिष्ठ अधिकृत विष्णु खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

विभिन्न व्यक्तित्व, कर्मचारी र संघसंस्था सम्मानित

महामारी नियन्त्रणका बेलामा आइसोलेशनमा खटेर खाना खुवाउने, सुरक्षा प्रवन्ध मिलाउने सुरक्षाकर्मी, कर्मचारीदेखि उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट टोलविकास संस्था, हरियाली प्रवद्र्धनमा सक्रिय संस्था तथा व्यक्ति र विभिन्न व्यक्तित्वलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान
गरिएको थियो ।

ठूला करदाताका रुपमा सबैभन्दा धेरै सम्पत्ती कर बुझाउनेहरुमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसुदनलाल श्रेष्ठ, मानवहादुर केसी, विलासमोहन बझानथाक्क्षेलाई सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए । यसैगरी सबैभन्दा धेरै बहालकर बुझाउनेहरुमा मधुसुदनलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली, मञ्जु ज्ञवाली, ज्ञानेन्द्रप्रसाद मल्लीलाई सम्मान गरिएको थियो ।

यस्तै उपमहानगरमा ३० वर्षभन्दा बढि सेवा अवधिका ९ र अन्य पाँच जनागरि १४ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यसम्पादनमा उत्कृष्ट १५ जना कर्मचारीहरुलाई नगद जनही १५ हजारका दरले सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसरमा १९ वडाका उत्कृष्ट टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो ।

हरियाली प्रबद्र्धन गरेको भन्दै नरिश्वर पौडेल, आयुर्वेद र योगाका महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै योगाचार्य विष्णुहरि आचार्य, निर्माण व्यवसायी सहदेब खड्का, तल्लो देविनगर टोलविकास संस्थाका दुर्गाप्रसाद श्रेष्ठ, एफ सेक्टर टोल विकास संस्थाका टेकबहादुर गुरुङ, नहरपुर माविका प्रअ धनिश्वर गौतम र नवरत्न माविका प्रअ हेमराज आचार्यलाई संस्थागत तथा व्यक्तिगत रुपमा सम्मान गरिएको थियो ।

महामारीका बेलामा क्यान्टिन सञ्चालन गरेर संक्रमितका लागि खाना खुवाउने रामहरि पोखरेल, विरामी बोक्ने एम्बुलेन्स चालक बिरबहादुर क्षेत्री, प्रहरी हवल्दार खिम विक्रम थापा र जवान विक्रम परियारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५१ बजे

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले