२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा आएको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले ४६ र करण विकेले १२ रन बनाए । बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ३०.१ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो । उसका लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए । बलिङमा ज्ञानोदयका सुनिल धमलाले ९ ओभरमा १ मेर्डन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, करण विकेले ३ विकेट लिए । खेलमा सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

मंगलबार तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : ०९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय