१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ता कायम गर्न स्वास्थ्य मन्त्रालयमा विज्ञहरुको प्रस्ताव



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पहिलो मात्रा लगाएको २८ दिनमा दोस्रो मात्रा लगाउनुपर्ने निर्णय गरेपनि कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले भने दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सुझाव दिएको छ ।

मन्त्रालयले खोपको अवधी २८ दिनको फरकमा हुने गरि सर्कुलर गरिसकेको अवस्थामा सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । समितिले गरेको प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज)ले गरेको निर्णयको आधारमा सल्लाहकार समितिले त्यस्तो प्रस्ताव गरेको हो । यस अघि सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको थियो ।

सेजको निर्णय आउनु पूर्व नै नेपालमा २८ दिनको फरकमा खोप लगाउने निर्णय गरिएको भएपनि सेजको निर्णय आईसकेपछि मन्त्रालयले सोही अनुरुप निर्णय गर्न उपयुक्त हुने समितिले सुझाव दिएको छ ।

खोपको पहिलो मात्रा लगाउँदा देखिने प्रतिअसरको तुलनामा दोस्रो मात्रा लगाउँदा कम देखिने खोप शाखाका प्रमुख डा. गौतमले बताए ।

खोप समितिले मन्त्रालयमा प्रस्ताव पठाएपनि स्वास्थ्य मन्त्रालयले भने सल्लाहकार समितिको प्रस्ताव स्वीकृत भने गरिसकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : २१ बजे

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको दृष्टिकोण

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

बागलुङ । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का