३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

शान्ती नमुनाको ६२ औं वार्षिकोत्सव सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माविको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रेसका नेता बालकृष्ण खाडले सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाएको नमुना समय सापेक्ष अगाडि रहेको बताए ।

सोही अवसरमा पूर्व मन्त्री बालकृष्ण खाँड दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन समेत गरेका थियो ।  विद्यालयका प्राधानाध्यापक कुल प्रसाद लामिछानेले अग्रेजी र नेपालीमा पठनपाठनसंगै प्राविधिक शिक्षालाई समेत जोड दिएको बताए ।

अटिजमका बालबालिका लक्षित गरेर केन्द्र स्थापनाको तयारी समेत भएको उनले बताए । कार्यक्रममा शिक्षा समन्वय ईकाई रुपन्देहीका दिपेन्द्र ढकाल, विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बश्यालले रुपन्देहीको शैक्षिक ईतिहासमा नमुनाको योगदान रहेको बताए ।

कार्यक्रममा विद्यालयको भौतिक र शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्ति, संस्थाका साथै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा अन्य कार्यक्रममा उत्कृष्टहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा ३ हजार ६ सय विद्यार्थी र १ सय ३० शिक्षकहरु रहेको सहायक प्रधानाध्यापक किशाेरकुमार खनालले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : १४ बजे

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप