१७ बैशाख २०८१, सोमबार | April 29, 2024

शान्ती नमुनाको ६२ औं वार्षिकोत्सव सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माविको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रेसका नेता बालकृष्ण खाडले सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाएको नमुना समय सापेक्ष अगाडि रहेको बताए ।

सोही अवसरमा पूर्व मन्त्री बालकृष्ण खाँड दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन समेत गरेका थियो ।  विद्यालयका प्राधानाध्यापक कुल प्रसाद लामिछानेले अग्रेजी र नेपालीमा पठनपाठनसंगै प्राविधिक शिक्षालाई समेत जोड दिएको बताए ।

अटिजमका बालबालिका लक्षित गरेर केन्द्र स्थापनाको तयारी समेत भएको उनले बताए । कार्यक्रममा शिक्षा समन्वय ईकाई रुपन्देहीका दिपेन्द्र ढकाल, विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बश्यालले रुपन्देहीको शैक्षिक ईतिहासमा नमुनाको योगदान रहेको बताए ।

कार्यक्रममा विद्यालयको भौतिक र शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्ति, संस्थाका साथै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा अन्य कार्यक्रममा उत्कृष्टहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा ३ हजार ६ सय विद्यार्थी र १ सय ३० शिक्षकहरु रहेको सहायक प्रधानाध्यापक किशाेरकुमार खनालले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : १४ बजे

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो