१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रुपन्देही सुपरलिग : बुटवल राइनोज डिभिजन ‘ए’मा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोजले शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनायो । उसका लागि विराट भण्डारीले ५२ र कृष्ण सेनले २३ रन बनाए । बलिङमा बुटवलका राहुल साहनीले १० ओभरमा १ मेर्डन राख्दै ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै, अब्दुल नसिम, ईश्वर खनाल र संदीप बश्यालले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवलले ४० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाउँदै लक्ष्य भेट्टायो । उसको जितमा सन्जु बोहराले २३, राहुल साहनीले २२ र मंजीर भुसालले नटआउट १८ रनको योगदान दिए । बलिङमा शंकरनगरका अखलेस यादवले ३, अमित तामाङ र कृष्ण सेनले समान २÷२ विकेट लिए । राहुल साहनी म्यान अफ द म्याच भई पुरस्कृत भए । बिहीबार तिलोत्तमा क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ४ : ४४ बजे

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको

युएई आक्रमणमा नेपाली युवाको मृत्युमा गगन थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको