३० कार्तिक २०८२, आइतबार | November 16, 2025

श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई उपराष्ट्रपति पुनको आग्रह



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको पुनको भनाइ छ ।

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उनले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकार महासंघको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे । पुनले जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षाको निम्ति संविधानलाई स्वस्थ राख्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ४ : ५३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा