१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भारतको पश्चिम बङ्गालका श्रममन्त्रीमाथि पेट्रोल बम प्रहार, बम प्रहारबाट मन्त्री हुसेन गम्भिर घाईते



काठमाडौं । भारतमा एकजना प्रदेशमन्त्रीमाथि पेट्रोल बम प्रहार भएको छ । पश्चिम बंगाल राज्यका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद जिल्लाको एउटा मेडिकल कलेजमा भर्ना गरिएको छ । बम हमलाबाट मन्त्रीसँगै रेल यात्राको तयारीमा रहेका अन्य व्यक्तिहरु पनि घाईते भएका छन् ।

पश्चिम बङ्गालको मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेका थिए । स्थानीय रेल स्टेशनको २ नम्बरको प्लेटफर्मबाट उनी रेल चढ्नेक्रममा बम प्रहार भएको भारतीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

बम प्रहारबाट भारतीय जनता पार्टीका मुर्सिदाबाद जिल्लाका अध्यक्ष शिवाजी राय सहित भाजपाका केहि कार्यकर्ताहरु समेत घाईते भएको सञ्चारमाध्यमहरुले जनाएको छन् । मर्सिबाद मेडिकल कलेजमा प्राथमिक उपचारपछि मन्त्री हुसेनलाई थप उपचारका लागि कोलकता लैजाने तयारी गरिएको छ ।

घटनालाई लिएर भारजपाले विपक्षी पार्टीलाई आक्रमणको दोषी रहेको आरोप लगाएको छ । तृणमुलका नेता एवं प्रदेशका एक बरिष्ठ मन्त्री मलय घटकले आक्रमण विपक्षीहरुले गरेको आरोप लगाए । घटना लगत्तै बङ्गालका केहि स्थानमा भाजपा र टिएमसीका कार्यकर्ताहरुबीच झडप भएको खबर समेत भारतिय सञ्चारमाध्यमले छापेका छन् ।

भारतका रेलान्त्री पीयूष गोयलले बम हमलाको निन्दा गरेका छन् । उनले हमलालाई नृशंस बताउंदै हमलाबाट घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ७ : ४२ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार