१ पुस २०८२, मंगलबार | December 16, 2025

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूद्वारा आयल निगम घेराऊ



काठमाडौं । प्रचण्ड-नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

अनेरास्ववियूका विद्यार्थीहरुले बिहीबार दिउँसो बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ र प्रदर्शन गरेका हुन् । त्यसक्रममा विद्यार्थीहरुले प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नारावाजी गरेका थिए ।

अनेरास्ववियूले बिहीबार बिहान देशभरका क्याम्पसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका थिए ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गर्न बाध्य भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । यो दुईवर्ष यताको सबैभन्दा उच्च मूल्यवृद्धि हो ।

आयल निगमले मूल्यवृद्धि गर्नाको कारण अन्तराष्ट्रिय बजारलाई देखाएपनि सरकारले पेट्रोलियम पदार्थमा असुल्ने शतप्रतिशत करका कारण नेपालमा उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य भएका हुन् ।

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ३ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज