२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको तिलोत्तमाले निर्धारित ५० ओभरमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि कृष्ण भुसालले २८ र विष्णु कटेरियाले १४ रन बनाए । बलिङमा साई ग्लोबलका आकाश त्रिपाठीले ४, इमरान पठान र दुर्गेश कुर्मीले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल १५.१ ओभरमा अलआउट हुँदै ४८ रनमै समेटियो । उसका लागि अजय रसाइलीले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ४.१ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । यस्तै, विष्णु कटेरिया र यम क्षेत्रीले समान २÷२ विकेट लिए । कृष्ण पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए । शुक्रबार वेष्टर्न क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ४ : ५८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय