८ बैशाख २०८१, शनिबार | April 20, 2024

भरतपुर आँखा अस्पताललाई निरन्तर सहयोग गर्ने पाकिस्तानी राजदूतको प्रतिवद्धता



काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन् । राजदूत शाहले बिहीबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । उनले भने, “नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छौ ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरे ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, जिल्ला सभापति कृष्णराज धरेल, अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा डा रघुनन्दन बेन्जु, अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायतले अस्पतालले हालसम्म गरेका कार्य र आगामी दिनका योजनाबारे बोलेका थिए । सो अवसरमा अस्पतालका डा. रञ्जित साहले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राजदूत शाहले अस्पतालका विभिन्न विभागको निरीक्षणसमेत गरेका थिए । पाकिस्तानमा मुख्य कार्यालय रहेको बिसिसिआई बैंकले भरतपुर आँखा अस्पतालको स्थापनाको समयमा मुख्य भवन निर्माण निर्माण गर्न तत्कालीन समयमा ८४ लाख सहयोग गरेको थियो । पाकिस्तानले विभिन्न समयमा उपकरणसमेत सहयोग गर्दै आएको छ । पाकिस्तानी दूतावासले अस्पताललाई प्रत्येक वर्षजसो आर्थिक सहयोग गर्दै आएको छ । अस्पतालको शल्यक्रिया थिएटर बनाउन दूतावासले ७२ लाख सहयोग दिएको छ ।

उक्त रकम सुरक्षित रहेको अस्पतालका अध्यक्ष धरेलले जानकारी दिए । यस्तै चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

उनलका अनुसार हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दूतावासबाट रु दुई करोडभन्दा बढी सहयोग प्राप्त भइसकेको छ । अस्पतालले आर्थिक वर्ष सन् २०१८/१९ मा दुई लाख सात हजार ६७६ जनालाई सेवा दिएको थियो भने सन् २०१९/२०२० मा एक लाख ६३ हजार १४८ बिरामीलाई सेवा दिएको छ । अस्पतालले अस्पताल, अस्पतालद्वारा सञ्चालित आँखा सेवा केन्द्र र विभिन्न ठाउँमा शिविर सञ्चालनन गरी आँखाको उपचार गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ६ : ५६ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा