१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित



काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा शनिबार काठमाडौंको नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेका नेपाली चिकित्सकहरूको टोलीले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। शिविरमार्फत ज्येष्ठ नागरिक, महिला तथा बालबालिकासहित एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको दूतावासले जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक परेका केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको थियो भने अत्यावश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो।

शिविरको उद्घाटन कार्यक्रममा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख सुशीला अधिकारीले नागार्जुन नगरपालिकाका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तान दूतावास र पीएनएएनप्रति धन्यवाद व्यक्त गरिन्। उनले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताइन्।

त्यसैगरी पीएनएएनका अध्यक्ष डा. दीपक मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गर्दै दूतावासले स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देखाएको सक्रियताको सराहना गरे।

पाकिस्तान दूतावासले शिविर सफल बनाउन योगदान पुर्‍याउने स्वयंसेवी चिकित्सकहरू, पीएनएएनका सदस्यहरू तथा नागार्जुन नगरपालिकाप्रति आभार व्यक्त गरेको छ।

दूतावासका अनुसार नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ३ : ३६ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई