२० मंसिर २०८२, शनिबार | December 6, 2025

फष्ट लाफा ईन्टर फुटसल प्रतियोगिता सुरु : एम्मा एफसीको विजयी शुरुवात



बुटवल । फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ मा एम्मा एफसीले विजयी शुरुवात गरेको छ । लाफा समुहको बिहिबारदेखि शुरुभएको प्रतियोगितामा एम्माले ३५ प्लस ईन्टर एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एम्माको जितमा प्रवेश क्षेत्रीले १ तथा अनिश शाक्यले २ गोल गरेका थिए ।

प्रतियोगिताको एक समारोहका बीच असल साथी केन्द्रका रमना रानाले उद्घाटन गरेकी थिईन् । सो अवसरमा बोल्दैरानाले खेलकुदमार्फत युवाबिच एकतावद्घ गराई सामाजिक काममा अग्रसर गराउन मद्दत मिल्ने बताईन ।

कार्यक्रममा फुटबल प्रशिक्षक याम गुरुङ, लाफा समुहका तारासिह रेश्मी, सल्लाहकार बबिन थापा, संरक्षक बासुदेव लामिछाने, फुलबारी गाईजका अध्यक्ष शिव राना, खेल संयोजक प्रविन थापा दर्लामीले स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको सफलताको शुभकामना दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए । यसैगरि उपविजेता नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विद्याका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए ।

यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले बताए । लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ६ : ५४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले