१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सियारीको ४८ बिगाहा गुठीको जग्गामा भू-माफियाको कुदृष्टि, विबादमा तानिएपछि गाँउपालिकाले ग-यो पत्रकार सम्मेलन



बुटवल । कुनै बेला ८० बिगाहा गुठी जग्गाको आधिपत्य सहित स्थापना भएको सियारी गाँउपालिकाको मन्दिरको जग्गा हाल खुम्चिएर ४८ बिगाहामा सिमीत भएको छ । रामजानकी र लक्ष्मी नाराण मन्दिर स्थापनासंगै बिभिन्न दानबीरहरुले दान दिएका ८० बिगाहा जग्गा कतिपय मन्दिरकै महन्तहरु त कतिपय स्थानीय नेताहरुले बेचेर खाएका छन् । महन्तहरुले बेचेर बचेको जग्गामा पनि जग्गा दलालहरुको आँखा गाडीएपछि गुठीको जग्गा विबादमा स्थानीय सरकारपनि तानिएको छ ।

गुठीको ४० बिगाहा भन्दा बढी जग्गा अहिलेपनि व्यक्तिको नाममा रहेको छ । सोही व्यक्तिको नाममा रहेको जग्गा बेचबिखन गर्ने र मन्दिरको नाममा ल्याउने समूहका बीच बिबाद हुँदा सिङ्गो गाँउपालिका बिबादमा तानिएको छ । मन्दिरको नामको जग्गामा बिभिन्न बहानामा भोगचलन गर्न भन्दै व्यक्तिहरुलाई दिन थालेको आरोप लागेपछि गाँउपालिकाले आज पत्रकार सम्मेलन नै गरेर आफ्नो नियत गलत नभएको स्पष्ट पारेको छ । गाउँपालिकाले सार्वजनिक र गुठी जग्गा संरक्षण गर्न खोज्दा पालिकालाई जग्गा अतिक्रमणको आरोप लागेको बताएको छ ।

गाँउपालिकाले आज पत्रकार सम्मेलन नै गरेर पालिकाले सार्वजानिक र गुठीको जग्गा संरक्षणमात्र गर्न खोजेको स्पष्ट पारेको छ । पालिका भित्र रहेको लक्ष्मीनारायण मन्दिरको नाममा रहेको गुठी जग्गा संरक्षण गर्न खोज्दा स्थानीयले विरोध गरेपछि गाँउपालिकाले अतिक्रमण नगरेको स्पष्टिकरण दिएको हो । स्थानीयले मन्दिरको नामको जग्गा पालिकाले आफन्तहरुलाई भोगचलन गर्न दिएको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै सियारी गाँउपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुले आफुहरुलाई लगाईएको आरोप झुठा भएको बताए । उनले गाँउपालिकाले सार्वजनिक सम्पतीको दुरुपोग हुन नदिने बताए । अध्यक्ष थारूले सार्वजनिक जग्गा संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताउँदै लक्ष्मीनारायण मन्दिरको जग्गा जनप्रतिनिधिका आफन्तलाई अतिक्रमण गर्न दिइयो भनेर भ्रम छरिएको गुनासो गरे ।

उता रामजानकी मन्दिर र लक्ष्मी नारायण मन्दिरका मुल महन्त रबिन्द्रदास बैष्णवले भने परापूर्वकाल देखि मन्दिरका नाममा रहेको ८० बिगाहा बढी जग्गा किर्ते गरि व्यक्तिको नाममा बेचबिखन भएको र बाँकी रहेको ४८ बिगाहा जग्गामा पनि भू माफियाहरुको आँखा लागेको बताएका छन् । गाँउपालिकाका अध्यक्ष थारुले कुनै चाईनिज प्रोजेक्ट स्थापना गर्ने भन्दै मन्दिरसंग कम्तीमा ७ बिगाहा जग्गाका लागि सहमती मागेकोमा कम्पनीका बिषयमा आफु बिश्वस्त हुन नसकेर जग्गा नदिंदा समस्या आएको महन्त बैष्णवले बताए ।

मन्दिरको नाममा रहेको भनिएको ४८ बिगाहा मध्य हालसम्म ७ बिगाहा मात्र मन्दिरको नाममा लालपुर्जा रहेको र बाँकी जग्गा मन्दिरका पूर्व महन्त स्वर्गीय कौशल किशोरदाश बैष्णवको नाममा रहेको स्रोतले उल्लेख गरेको छ । मन्रिरकै गुठीको नाममा रहेको सिद्धार्थनगर नगरपालिकाको गल्लामण्डीको तत्कालिन महन्त जगन्नाथदाश बैष्णवको नामको जग्गा गत वर्ष बेचबिखन भएपछि मन्दिरको जग्ग खोजी हुन थालेको थियो । केहिवर्ष पहिले मन्दिरकै जग्गामा श्रीराम सिमेण्ट उद्योग नामको सिमेण्ट उद्योग समेत खोल्ने तयारी गरिएको थियो । तर स्थानीयसंग कुरा नमिलेपछि मन्दिरको जग्गा जोगिएको थियो ।

२०१७ सालको राजा महेन्द्रको कु पछि देशैभरका मठ मन्दिरका गुठी जग्गाहरु राजगुठीमा परिणत भएको घोषणा गरिएसंगै मन्दिरको नाममा रहेका जग्गाहरु धमाधम महन्तहरुले गुठी रैतान नम्बरी बनाउंदै आ आफ्ना नाममा राखेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  १० : १५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम