१५ असार २०८३, सोमबार | June 29, 2026

सक्कल नागरिकतासहित पेरिसडाँडामा १२ बजेभित्र उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई प्रचण्ड-नेपाल नेकपाको निर्देशन



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन आग्रह गरेको छ ।

सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसमार्फत सक्कल नागरिकतासहित मध्यान्न १२ बजेभित्र पार्टी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको हो । नेकपाले अहिले स्थायी कमिटीको बैठक राखेको छ । बैठकका लागि सबै जुटिसकेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।

निर्वाचन आयोगले पाटीको वैधानिकता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग डराएर निर्णय दिन नसकेको निस्कर्ष निकालेको प्रचण्ड नेपाल नेकपाले आयोगलाई थप दबाब दिन केन्द्रीय सदस्यहरुलाई नै सक्कल नागरिकतासहित उपस्थित हुन उर्दी जारी गरेको बताइएको छ । स्थायी कमिटी बैठक पछि केन्द्रीय सदस्यहरुलाई बोलाइएको जानकारी गराउँदै नेता पौडेलले निर्वाचन आयोगको प्रयोजनकै लागि नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको बताए ।

निर्वाचन आयोगले नेकपाको नाम र चुनाव चिन्ह सूर्यलाई नै फ्रिज गर्ने विषयमा छलफल गरिरहेको छ । बैशाखमा घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न आचारसंहित जारी गर्न हतारो गरेको आयोगले नेकपाको वैधानिकता विवादलाई संविधान कानुन, पार्टी विधान र यसअघिको नजिरलाई वेवास्ता गरेकै कारण अनिर्णयको बन्दी बनेको पूर्वप्रमुख आयुक्तहरुले बताएका छन् ।

नेकपा नाम र चुनाव चिन्ह फ्रिज भएमा प्रचण्ड नेपाल नेकपा पार्टीबिहीन अवस्थामा अन्य पार्टीको नाम र चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने बाध्यता हुनेछ । ओली पक्षले यही अवस्था चाहेको बुझाई प्रचण्ड नेपाल पक्षको रहेको छ । नाम र चुनाव चिन्ह फ्रिज भएको अवस्थामा ओली पक्षले भने यस अघि नै दर्ता गराएर ठिक्क पारेको नेकपा एमाले र उदाउँदो सूर्य चुनाव चिन्हमा चुनाव लड्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : २५ बजे

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा