१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बलात्कारपछि हत्या गरिएकी भागिरथीको १७ दिनपछि अन्तिम संस्कार गरिँदै



बैतडी । बैतडीकी किशोरी भागिरथी भट्टको हत्यामा संलग्न किशोरले बलात्कार कबोल गरेपछि बलात्कारपछि हत्या गरिएकी भागिरथीको हत्या भएको १७ दिन पछि अन्तिम संस्कार हुने भएको छ । यस अघि घटनाको पूर्ण अनुसन्धान नहुँदा सम्म शव बुझ्न अस्विकार गरेका थिए । हत्या गरेको स्विकार गरेका किशोरले बलात्कार नगरेको बयान दिएपछि परिवारबाट अनुसन्धानमा आशंका गरेका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।

शव परिक्षणमा बलात्कार भएको देखिएपनि हत्या स्विकार गरेका किशोरले बलात्कार अस्विकार गरेपछि घटना अर्को तर्फ मोडिन खोजेको थियो । तर प्रहरी र किशोरका आफन्तहरुसँग समेत ती किशोरले बलात्कार गरेको कबुल गरेपछि भागिरथीका परिवारले शव बुझेका थिए ।

बिहीबार आरोपित किशोरका बाबु, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा उनले आरोपित किशोरले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।

भागिरथीका परिवारका सदस्यहरुका अनुसार गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : १६ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१